२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग

२०८२, ११ बैशाख बिहीबार १२:४५

काठमाडौँ | भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आउनु भएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि जानुभएको थियो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो । भारतीय विद्युत्मन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ । यस्ता अवसरले दुई देशबीचको मित्रता र सहयोगको भावना थप प्रगाढ बनाउँदै लैजाने छ”, उहाँले भन्नुभयो ।

भारतीय विद्युत्मन्त्री खट्टरले नेपाल धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमि रहेको भन्दै मुक्तिनाथ तथा पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्द महसुस भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनका क्षेत्रमा नेपालले जोड दिनसके नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिरले भारतका साथै अन्य देशका पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यस किसिमका उच्चस्तरीय भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ । दुई दिने नेपालका भ्रमणका लागि आउनुभएका भारतीय विद्युत्मन्त्री बुधबार साँझ स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश