२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ’

२०८२, ११ बैशाख बिहीबार १२:५२

काठमाडौँ | नेपाली कांंग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यस ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, सङ्कल्प र बलिदानको धरोहरका रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण गर्न आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रको मूल्य र मान्यतालाई संरक्षण गर्न सबै सजग र सचेत रहन आग्रह गर्नुभयो ।

कावा सभापति खड्काले विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२÷६३ सालमा कांग्रेस नेतृत्वमा अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्नुभयो ।

कावा सभापति खड्काले राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यो परिवर्तनसँगै मुलुकमा नेपाली नागरिकको चाहना अनुरुप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको संविधान जारी भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उहाँले संविधान दिएका अधिकारको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी सबैको काँधमा आएको बताउनुभयो ।

युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउनुपर्नेमा कावा सभापति खड्काले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश