२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए

२०८२, ११ बैशाख बिहीबार १७:२०

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशमा गएका युवाहरूलाई नेपालमा काम गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । काठमाडाैंको भृकुटीमण्डपमा आयोजित एमालेको युथ सेलिब्रेसन कार्यक्रममा महासचिव पोखरेलले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘विदेशमा सिकेको सीप र कमाई नेपालमा लगाउन पर्छ । देश निमार्णमा जुट्न विदेश गएका युवाहरू स्वदेश फर्कनुपर्छ ।’ उनले छिमेकी देशहरूले प्रगति गर्नुमा राजनीतिक स्थायीत्व भएको बताए । उनले भने, ‘तर विडम्बना नेपालमा समीकरण फेरिए, प्रधानमन्त्री फेरिए, मुख्यमन्त्री फेरिए हिसाब किताब छैन । अब नेपालमा जनमत विभाजन गर्ने होइन ध्रुवीकरण गरेर जानुपर्छ । बलियो राष्ट्रिय शक्ति निमार्ण गर्नुपर्ने समय आएको छ । मिसन २०८४ मा राजनीतिक स्थायीत्व ल्याउनुपर्छ ।’

एमालेले देशमा स्थायित्व ल्याउने पनि उनले बताए । उनले भने,‘ भिजनरी नेतृत्व एमालेसँग छ । युवाहरू एमाले हुँदासम्म निराश हुनुपर्दैन । युवाहरूको सुरक्षित भविष्यका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले अबको बजेट युवामैत्री हुने पनि उनले बताए । एमालेलाई शिक्षक र कर्मचारीको विरोधी देखाउने प्रयास भएको भन्दै उनले आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट