२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए

११ बैशाख २०८२, बिहीबार १७:२०

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशमा गएका युवाहरूलाई नेपालमा काम गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । काठमाडाैंको भृकुटीमण्डपमा आयोजित एमालेको युथ सेलिब्रेसन कार्यक्रममा महासचिव पोखरेलले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘विदेशमा सिकेको सीप र कमाई नेपालमा लगाउन पर्छ । देश निमार्णमा जुट्न विदेश गएका युवाहरू स्वदेश फर्कनुपर्छ ।’ उनले छिमेकी देशहरूले प्रगति गर्नुमा राजनीतिक स्थायीत्व भएको बताए । उनले भने, ‘तर विडम्बना नेपालमा समीकरण फेरिए, प्रधानमन्त्री फेरिए, मुख्यमन्त्री फेरिए हिसाब किताब छैन । अब नेपालमा जनमत विभाजन गर्ने होइन ध्रुवीकरण गरेर जानुपर्छ । बलियो राष्ट्रिय शक्ति निमार्ण गर्नुपर्ने समय आएको छ । मिसन २०८४ मा राजनीतिक स्थायीत्व ल्याउनुपर्छ ।’

एमालेले देशमा स्थायित्व ल्याउने पनि उनले बताए । उनले भने,‘ भिजनरी नेतृत्व एमालेसँग छ । युवाहरू एमाले हुँदासम्म निराश हुनुपर्दैन । युवाहरूको सुरक्षित भविष्यका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले अबको बजेट युवामैत्री हुने पनि उनले बताए । एमालेलाई शिक्षक र कर्मचारीको विरोधी देखाउने प्रयास भएको भन्दै उनले आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ