२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव

२०८२, ११ बैशाख बिहीबार १७:५८

काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको बताएका छन् ।

बिहीबार पुस्तक ‘विचार विश्लेषण’को लोकार्पण कार्यक्रममा उनले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम सँधै नकरात्मक नै आएको भन्दै कम्युनिष्टहरुमा विचलन आएको बताए । उनले भने, ‘परिणाम नकरात्मक नै आइरहेको छ । परिणाम जनताले चाहेको जस्तो आएको छैन् । कम्युनिष्टलाई गरेको आशा, भरोसा अनुसार परिणाम आएको छैन् । सरकारमा जाने कम्युनिष्टहरुको पनि विचलन नै देखिरहेको छ । वर्ग, लिङ्ग, सामाजिक दुष्टिकोण सबैमा विचलन देखिएको छ ।’

यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए । उनले भने, ‘नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार हामी माओवादी नै हौं । किनभने जनताले हामीलाई बन्दुकको लडाइमा पनि साथ दिए । अहिले पनि साथ दिएकै छन् । जनताले माओवादीलाई जस्तो उर्जा दिएको थियो त्यो पचेन । हामीले त्यसको सहि सदुपयोग गर्न सकेनौ । नराम्रो खालको संस्कृती देखापर्यो ।’ पुँजीवाद हावी भएको बेला पन्छिने होइन, जनताको साथमा उभिएर अगाडि बढ्नुपर्ने ठाँउमा पनि कम्युनिष्टको भूमिका नदेखिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश