२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव

११ बैशाख २०८२, बिहीबार १७:५८

काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको बताएका छन् ।

बिहीबार पुस्तक ‘विचार विश्लेषण’को लोकार्पण कार्यक्रममा उनले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम सँधै नकरात्मक नै आएको भन्दै कम्युनिष्टहरुमा विचलन आएको बताए । उनले भने, ‘परिणाम नकरात्मक नै आइरहेको छ । परिणाम जनताले चाहेको जस्तो आएको छैन् । कम्युनिष्टलाई गरेको आशा, भरोसा अनुसार परिणाम आएको छैन् । सरकारमा जाने कम्युनिष्टहरुको पनि विचलन नै देखिरहेको छ । वर्ग, लिङ्ग, सामाजिक दुष्टिकोण सबैमा विचलन देखिएको छ ।’

यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए । उनले भने, ‘नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार हामी माओवादी नै हौं । किनभने जनताले हामीलाई बन्दुकको लडाइमा पनि साथ दिए । अहिले पनि साथ दिएकै छन् । जनताले माओवादीलाई जस्तो उर्जा दिएको थियो त्यो पचेन । हामीले त्यसको सहि सदुपयोग गर्न सकेनौ । नराम्रो खालको संस्कृती देखापर्यो ।’ पुँजीवाद हावी भएको बेला पन्छिने होइन, जनताको साथमा उभिएर अगाडि बढ्नुपर्ने ठाँउमा पनि कम्युनिष्टको भूमिका नदेखिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ