2026-07-02 04:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’

काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधि निर्माण प्रक्रियामा ढिलाइले समस्याका चाङ बढ्दै गएका बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उहाँले देशमा देखिएका धेरै समस्या विधि निर्माणको प्रक्रियामा ढिलाइका कारण उत्पन्न भएका बताउनुभयो । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “विधि निर्माण प्रक्रियालाई निश्चित समय सीमाभित्र ढालेनौँ भने समस्याको चाङ बढ्दै जान्छ र अप्ठ्यारोमा फस्दै गइन्छ । शिक्षक आन्दोलन, कर्मचारीको चेतावनी, चिकित्सकको आन्दोलन यी सबै विधि निर्माणको प्रक्रियागत ढिलाइका कारण उत्पन्न भएका हुन् । त्यसैले यसमा संवेदनशील हुन जरूरी छ ।”

उहाँले शान्ति प्रक्रियाको २० वर्षभित्र मुलुकले प्रगति नगरेको भन्न नमिल्ने बताउनुभयो । “कुल गार्हस्थ उत्पादन (जिडिपी)मा फड्को, प्रतिव्यक्ति आय, सरदर आयु, साक्षरता प्रतिशत, बाल तथा मातृ मृत्युदरमा उल्लखेनीय प्रगति भएको छ । बिजुलीको आपूर्ति, इन्टरनेटको पहुँच बढेको छ । खाद्य सुरक्षामा पनि पहिलेभन्दा राम्रो अवस्थामा छौँ”, प्रमुख सचेतक घिमिरेको भनाइ थियो । उहाँले ठूला परियोजनाका लािग अन्तरराष्ट्रिय लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पूर्वाधार सीमित छन् । अन्तरराष्ट्रिय लगानी नबढाइकन समृद्धि हासिल गर्न सक्दैनौँ । मुलुक बनाउन स्रोत व्यवस्थापन गर्नुपर्छ । स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झनुपर्छ । त्यो ऋण प्रतिफलयुक्त परियोजनामा खर्च भयो वा भएन यो महत्वपूर्ण कुरा हो ।”

प्रमुख सचेतक घिमिरेले देशमा लोकतन्त्रको पुनर्बहाली भएपछि जनताको आकाङ्क्षा उच्च हुनु स्वाभाविक भए पनि आर्थिक वृद्धिदर हासिल गर्न नसिकएको बताउनुभयो । “समस्या नियन्त्रणभित्रै छन् र सबैले लाग्दा यी समस्याको समाधान गर्न सक्छौँ । सामूहिक प्रतिबद्धता आवश्यक छ । आर्थिक विकासका क्षेत्रमा छिमेकी देशबाट फाइदा लिन सकिन्छ । कृषि, जलस्रोत, उद्योगका क्षेत्रमा लाभ लिन सक्छौँ । कृषि र औद्योगिक उत्पादन सहुलियत रुपमा ती देशमा निर्यात गर्न सक्छौँ । पर्यटनका क्षेत्रमा लाभ लिन सक्छौँ”, उहाँले भन्नुभयो ।

प्रमुख सचेतक घिमिरेले एउटै विधेयकमा वर्षौंसम्म संसद्मा अल्झिराख्ने परम्पराको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । एउटा विधेयक संसद्मा टेबुल भएको कति दिनभित्र पारित भइसक्नुपर्ने हो त्यसको स्पष्टता पनि आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध