२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने

२०८२, १४ बैशाख आईतवार १३:०८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गर्नुभएको हो । उहाँले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गर्नुभयो ।

सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पु¥याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पु¥याएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्र केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात रहकाले निजको खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मु कश्मिरमा आतङ्ककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गर्नुभयो ।
सांसद रामकृष्ण यादवले वैशाख ११ गते धनुषाको सहिदनगर नगरपालिकामा आमा पवित्रा साह र तीन छोराछारीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यो घटनाको छानबिन हुनुपर्छ भन्नुभयो ।

सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको वीभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गर्नुभयो । साथै उहाँले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट