२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने

१४ बैशाख २०८२, आईतवार १३:०८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गर्नुभएको हो । उहाँले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गर्नुभयो ।

सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पु¥याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पु¥याएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्र केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात रहकाले निजको खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मु कश्मिरमा आतङ्ककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गर्नुभयो ।
सांसद रामकृष्ण यादवले वैशाख ११ गते धनुषाको सहिदनगर नगरपालिकामा आमा पवित्रा साह र तीन छोराछारीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यो घटनाको छानबिन हुनुपर्छ भन्नुभयो ।

सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको वीभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गर्नुभयो । साथै उहाँले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का