२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी

१४ बैशाख २०८२, आईतवार १४:४२

काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको बताए । उनले गणतन्त्रवादी दलहरू भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेती गरिरहेको बताए । उनले मुलुक र व्यवस्था जोगाउनको लागि आम नागरिक सचेत हुन आवश्यक रहेको बताए ।

‘अहिले देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको छ । एउटा विमानस्थल बनाउँदा १० अर्ब लुट्ने भनेपछि त त्यो बाहिरकाले खाएको छ ? विदेशीहरुले आएर खाएको छ ? शिक्षकहरुको समस्या त्यस्तै छ,’ उनले भने, ‘तैपनि अहिलेको स्थितिमा गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि जुन खालको कालो बादल मडारिएको छ । त्यसका बारेमा सबै राजनीतिक पार्टीहरू खासगरेर लोकतन्त्र र गणतन्त्रवादीहरू सचेत हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का