२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संस्कृति संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्छ’

२१ बैशाख २०८२, आईतवार १४:२२

काठमाडौँ | बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले संस्कृतिको संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्नेमा जोड दिनुभएको छ ।

छहारी युवा क्लबले कान्ति भैरव गुरुकुल उत्तरबाहिनी गोकर्णमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले संस्कृत भाषाबिना नेपालमा प्रचलित कुनै पनि समुदायको संस्कृति संरक्षण हुननसक्ने धारणा राख्दै संस्कृत भाषाको संरक्षण पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री ठकुरीले क्लबका तर्फबाट गुरुकुललाई रु ५१ हजार १११ पुरस्कार स्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रमा वेद विषयका विद्वान् तथा कान्ति भैरव गुरुकुलका संस्थापक अध्यक्ष प्राडा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले गुरुकूल शिक्षालाई संरक्षण र प्रवरेद्धन गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले गुरुकुललाई आवश्यकताका आधारमा सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कविद्वय बाजुराम पौडेल र मधुसुदन पराजुलीले कविता प्रस्तुत गर्नुभयो । सम्मानित व्यक्तित्व पोखरेलले संस्कार र संस्कृतिको संरक्षणका लागि गुरुकुल स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठा नामक संस्कृत नाटकमा प्रमुख भूमिका निर्वाह गर्ने सर्वाणी पराजुलीलाई रु १० हजार र कदरपत्रसहित गुरुकुलले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प