२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संस्कृति संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्छ’

२०८२, २१ बैशाख आईतवार १४:२२

काठमाडौँ | बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले संस्कृतिको संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्नेमा जोड दिनुभएको छ ।

छहारी युवा क्लबले कान्ति भैरव गुरुकुल उत्तरबाहिनी गोकर्णमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले संस्कृत भाषाबिना नेपालमा प्रचलित कुनै पनि समुदायको संस्कृति संरक्षण हुननसक्ने धारणा राख्दै संस्कृत भाषाको संरक्षण पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री ठकुरीले क्लबका तर्फबाट गुरुकुललाई रु ५१ हजार १११ पुरस्कार स्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रमा वेद विषयका विद्वान् तथा कान्ति भैरव गुरुकुलका संस्थापक अध्यक्ष प्राडा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले गुरुकूल शिक्षालाई संरक्षण र प्रवरेद्धन गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले गुरुकुललाई आवश्यकताका आधारमा सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कविद्वय बाजुराम पौडेल र मधुसुदन पराजुलीले कविता प्रस्तुत गर्नुभयो । सम्मानित व्यक्तित्व पोखरेलले संस्कार र संस्कृतिको संरक्षणका लागि गुरुकुल स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठा नामक संस्कृत नाटकमा प्रमुख भूमिका निर्वाह गर्ने सर्वाणी पराजुलीलाई रु १० हजार र कदरपत्रसहित गुरुकुलले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश