२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान हटाउँदा नेकपा माओवादीका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको छ : योगेश भट्टराई

२३ बैशाख २०८२, मंगलवार १३:२१

काठमाडौँ | सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरे। ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु,तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो?,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो।’

यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किन? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ?यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै उनले सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताए। ‘केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको अभिशिष्ट अधिकार पनि हो,’ भट्टराईले भने, ‘कर्मचारी सरकारको मातहत हो, त्यो समीक्षा गर्न सकिन्छ।’उनले थपे, एउटा सहसचिव तहको कर्मचारी हो। सरकारसँग उसको टुयुनिङ मिलेन। उसको एउटा बन्दोबस्ती भयो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक