१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्वाइस अफ नेपाल’को किड्स संस्करणमा कोचको रुपमा फर्किए गायक खरेल

२५ बैशाख २०८२, बिहीबार १३:४५

काठमाडौँ । गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले एक सिजनलाई विश्राम लिएको बताएका थिए ।  कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’ ल्याउने तयारीमा छन् ।

मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । यो बीचमा दर्शकलाई खुसीको खबर छ । ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिनेछन् । शो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘अहिलेसम्म उहाँ कोचमा पक्कापक्की नै हो’ निर्देशक पौड्यालले भने ।

उनका अनुसार मेलिना राई र खेम सेन्चुरी पनि कोचको रुपमा देखिनेछन् । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको जनाइएको छ । ‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएको निर्देशक पौड्यालले बताए । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ