२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’

२९ बैशाख २०८२, सोमबार ११:४५

काठमाडौँ | ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आगामी जेठ १ गते यहाँ आयोजना हुने भएको छ । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानको संयुक्त आयोजनामा हुने सो सम्मेलनको मुख्य ध्येय सिँचाइ र कृषि क्षेत्रबीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गर्नुरहेको छ । साथै पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्नु र नेपाल सरकारको कृषि तथा सिँचाइ रणनीति र दिगो विकास लक्ष्य नम्बर १, २, र ६ सँगको समन्वयमा कार्यदिशा तय गर्नुरहेको जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक ई मित्र बरालले जानकारी दिनुभयो ।

उहाँले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल स्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तरराष्ट्रिय विकास साझेदार संस्था, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घका प्रतिनिधि, गैरसरकारी संस्था तथा नागरिक समाजको प्रतिनिधि रहने सो सम्मेलनमा विषयसँग सम्बन्धित कार्यपत्र र विशेष प्रवचन हुने बताउनुभयो ।

उपमहानिर्देशक बरालले भन्नुभयो, “सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छाँै ।”

नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । कृषि क्षेत्रले जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी दिइरहेको तथा कूल ग्राहस्थ उतपादनमा करिब २५ प्रतिशत योगदान पु¥याएको छ । तर पनि, जलवायु परिवर्तन, पर्याप्त मात्रामा पानीको अभाव तथा उचित व्यवस्थापनमा कमीका कारणले चाहिएको बेला, चाहिएको मात्रामा, सबै सिँचाइ योग्य भूमिमा वर्षौंभरि सिँचाइ सुविधा पु¥याउन सकिएको अवस्था छैन, सोको लागि सिँचाइ प्रणाली व्यवस्थापनमा विषेश जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सचिव सरिता दवाडी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधु भेटवाल, राष्ट्रिय योजना आयोगका सदस्य माधव बेलवासे, जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथ र इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्काे आर्चिएरीले सम्मेलनलाई सम्बोधन गर्नुहुने उपमहानिर्देशक बरालले जानकारी दिनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक बासु तिमल्सिनाले सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरूः क्षेत्रगत एकीकरणका लागि विचारका क्षेत्रहरूतथा समायोजन दृष्टिकोण’, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्काे आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ तथा कृषिमा सुधार’ विषयमा अलग–अलग कार्यपत्र प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती छलफल हुने छ र यसको सञ्चालन नवीनचन्द्र अधिकारी गर्नुहुने छ भने विज्ञ टीकाराम बराल, डा मनोहरा खड्का, डा विमला पौड्याल, डा रामकृष्ण श्रेष्ठ, सुशील आचार्य, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका उपाध्यक्ष डा वाई. रेड्डी, नेपालस्थित एशियाली विकास बैँकका देशीय निर्देशक डा अर्नाउड कोउकोइसले भाग लिनुहुने छ ।

यसैगरी कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयको प्राविधिक सत्रको सञ्चालन डा सन्तोष कैनीले गर्नुहुने उपमहानिर्देशक बरालले जानकारी दिनुभयो । सम्मेलनको सोही सत्रअन्तर्गत नै विज्ञ प्रा डा विष्णुप्रसाद पाण्डेले सञ्चालन गर्नुहुने छ भने सञ्जीव बराल, डा शवनम शिवाकोटी, डा गणेशराज शर्मा, डा मोहसिन हफिज, डा अर्नो कौशोईले छलफलमा आफ्नो धारणा राख्नुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला