२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा संवादमा इलामे चियाको स्वाद

२०८२, ५ जेष्ठ आईतवार ११:०१

काठमाडौँ | नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए । त्यहाँ बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरू पनि थिए ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाले सहयोग पनि गरेका थिए । खासमा नेपालस्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिहरूलाई नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाहरूको परिचय दिलाउने र त्यसमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यसपटक उहाँहरूका लागि इलाममा प्रमुख दुई आकर्षक चिया टिप्ने प्रतियोगिता र ताजा चिया चाख्ने (टि टेस्टिङ) कार्यक्रम पनि राखिएको थियो । अन्तुको चिया बगानमा कूटनीतिज्ञहरू चिया टिप्ने प्रतियोगितामा सहभागी पनि भए र सबैभन्दा बढी चिया टिप्नेले पुरस्कार पनि पाए । त्यसपछि त्यसै दिन अर्थात् गत चैत ३१ गते अपराह्न टि टेस्टिङ कार्यक्रममा मन्त्री डा राणासहित सबै कूटनीतिज्ञहरू सहभागी हुनुभयो । त्यस क्रममा उहाँहरूले चिया बगानको बडो स्वादिलो र स्वस्थ चिया पिउन पाएको अनुभव पनि आदानप्रदान गर्नुभएको थियो ।

सूर्याेदय नगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा त्यहाँका स्थानीय चिया उद्यमीहरूको पनि सहभागिता थियो । उपस्थित कूटनीतिज्ञ एवं पाहुनाहरूलाई ताजा तथा विविध थरि र स्वादका चिया उपलब्ध गराएका थिए । स्थानीय जनप्रतिनिधि एवं उद्यमीहरूले त्यहाँ उपस्थित परराष्ट्रमन्त्री डा राणालाई नेपाली चियाको प्रवर्द्धन गर्न र यसको बजारलाई मुलुक बाहिर विस्तारका लागि सहयोगका लागि आग्रह गर्न भने छुटाएनन् ।

संयोगवश सरकारले सगरमाथा संवादको तयारी थालिसकेको थियो । त्यसैले मन्त्री डा राणाले पनि सो संवाद कार्यक्रममा विश्वका देश तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाहरू समेत आउने भएकाले सो संवादको कार्यक्रमस्थलमा टि टेस्टिङ समारोहका राख्ने प्रबन्धका लागि सुझाव दिनुभयो ।

मन्त्री डा राणाले संवादको व्यस्थापन समितिको संयोजकका हैसियतले संवादमार्फत त्यहाँ उपस्थित विभिन्न अन्तरराष्ट्रिय प्रतिनिधि एवं पाहुनाहरूले नेपाली अग्र्यानिक चियाको वास्तविक स्वाद पनि पाउने र यसबाट नेपाली चियालाई विश्व बजारमा स्थापित गर्न सहयोग पनि पुग्ने भएकाले उक्त कार्यक्रमस्थलमा सो चिया राख्ने प्रबन्धका लागि निर्देशन दिनुभएको थियोे ।

सोहीबमोजिम नै सूर्याेदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ । यसमा विभिन्न उत्पादन र स्वादका चिया चाख्ने (टि टेस्टिङ)को प्रबन्ध गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो यस प्रदर्शनी कक्ष प्रति धेरै विदेशी तथा स्वदेशीहरूको आकर्षण रह्यो, उहाँहरूले थरिथरिका चियाका स्वाद पनि लिनुभयो र यसबाट नेपाली चियाको विश्व बजारमा प्रचारका लागि सहयोग पुगेको महसुस हामीले गरेका छौँ ।”

सगरमाथा संवादमा आएका धेरैले चियाको प्रदर्शनी कक्ष भ्रमण गरेका, चियाको स्वाद लिएका र नेपाली चियाको विशेषताका बारेमा जानकारी लिएका भन्दै अध्यक्ष प्रधानले यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलनमा नेपाली चियाको प्रचार गर्दै जानुपर्ने अनुभव आफूले लिएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चिया विश्वमा प्रवर्द्धनका लागि आफूहरूले सहजीकरण गरेको जानकारी दिनुभयो । यतिमात्र नभएर उनीहरूले यस संवादमा सहभागी विदेशी पाहुना, प्यानलिष्टलगायतलाई इलामको अग्र्यानिक चिया उपहार पनि दिएका थिए । यसको प्रायोजनचाहिँ नेपाल पर्यटन बोर्डले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ