३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पदा संरक्षणमा संस्कृतिमन्त्रीको जोड

५ जेष्ठ २०८२, आईतवार १४:३५

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा रहेका भौतिक एवं अभौतिक सम्पदाले अन्तरराष्ट्रिय रुपमा चर्चा पाउने भएकाले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आज राष्ट्रिय सङ्ग्रहालय छाउनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवस्थापन चुस्तदुरुस्त बनाउनसके विश्वभरका इतिहास एवं संस्कृतिप्रेमीलाई नेपालमा आमन्त्रण गर्न सकिने बताउनुभयो । नयाँ पुस्ताले विगतलाई नियाल्न सङ्ग्रहालय महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी पुस्ताले अवलोकन गर्नसक्ने गरी सङ्ग्रहालयलाई संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

“नेपालका सङ्ग्रहालयमा सङ्ग्रहीत चीजबीज अद्वितीय छन्, इतिहास, संस्कृति लोप हुने खतरा भएको अवस्थामा त्यसको संरक्षणका लागि सङ्ग्रहालय पनि एउटा माध्यम बन्न सक्छ, इतिहास र संस्कृतिका केन्द्रका रुपमा सङ्ग्रहालयलाई स्थापित गरिनुपर्छ, कृत्रिम बौद्धिकताको जमानामा सङ्ग्रहालयलाई पनि एआइसँग जोडेर लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

एआइका साथै ‘भर्चुअल रियालिटी’लगायत नयाँ प्रविधिलाई पनि धर्म, संस्कृतिका क्षेत्रमा जोडेर लैजानुपर्नेमा मन्त्री पाण्डेको जोड थियो । सङ्ग्रहालयमा रहेका चिजबिजका बारेमा कहिले, कसले, केके बनायोजस्ता जानकारीसहितको विषय लेखेर कथा वाचन शैलीमा प्रस्तुत गर्नसकेमा अवलोकनकर्ता बढेर सङ्ग्रहालयको पनि प्रचारप्रसार हुने भएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा उहाँले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुराना र नयाँबीच पुल बन्ने किसिमका संरचना बनाएर सङ्ग्रहालयलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाउनुभयो । अर्को वर्षदेखि अन्तरराष्ट्रिय सङ्ग्रहालय समितिको कार्यक्रममा पनि नेपालमा हुने सङ्ग्रहालय दिवससम्बन्धी कार्यक्रम राखेर यसको विश्वव्यापीकरण गरिने जानकारी पनि उहाँले गराउनुभयो । विभागअन्तर्गत आठ वटा सङ्ग्रहालय रहेको जानकारी पनि महानिर्देशक प्रधानाङ्गले गराउनुभयो ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरश श्रेष्ठले १५८ देशका ३७ हजार सङ्ग्रहालयमा आज यो दिवस मनाइरहेको जानकारी गराउँदै सबै देशमा सङ्ग्रहालय र समुदायको अवस्था उस्तै रहेको बताउनुभयो । नेपालमा सङ्ग्रहालय स्थापनाको १०० वर्ष पूरा हुन लाग्दा पनि भर्खर सुरु भएकै जस्तो अवस्थामा रहेको उहाँले सुनाउनुभयो ।

दिगो विकास लक्ष्यले पनि सम्पदा संरक्षणका विषयलाई महत्व दिएको उल्लेख गर्दै उहाँले युवापुस्ता संस्कृतिबाट विमुख हुँदै जान थालेकाले आकर्षित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । प्रत्येक वर्ष १८ मे का दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा ‘तीव्र गतिमा परिवर्तनशील समुदायहरुमा सङ्ग्रहालयको भविष्य’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’