२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री राई

९ असार २०८२, सोमबार १७:१२
काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपालको संविधान, प्रचलित कानुन र नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले सीमा सुरक्षाको कार्यमा अन्य सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२/८३ माथिको छलफलमा रक्षा मन्त्रालयका विषयमा सांसदले उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेना वनजङ्गलको संरक्षण, विस्तार तथा स्वच्छ वातावरण कायम गर्न र विकास निर्माणका कार्यमा कानुनबमोजिम संलग्न हुँदै आएको स्पष्ट पार्नुभयो ।
मन्त्री राईले भन्नुभयो, “हाल नेपाली सेनाबाट निकुञ्ज एवं संरक्षित क्षेत्रको संरक्षणमार्फत स्वच्छ वातावरण निर्माण, वनजङ्गल विस्तारलगायत अन्य विकास निर्माणका कार्यमा सहयोग पुर्याउँदै आएको छ ।” उहाँले सैनिक ऐन, २०६३ र नियमावली २०६९ बमोजिम सेनाको भर्ना, बढुवा र सरूवा विना पक्षपात कानुनबमोजिम नियमित रूपमा भइरहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ तराई/मधेश द्रुतमार्ग सडक आयोजना सेनाको व्यवस्थापनमा निर्माण अघि बढिरहेको बताउँदै मन्त्री राईले सुरुविन्दु कायम गर्ने सम्बन्धमा अध्ययन भई प्रतिवेदन प्राप्त भइसकेकाले थप निर्णय भएपश्चात् बाँकी कार्य अगाडि बढाइने विश्वास दिलाउनुभयो ।
राष्ट्रिय एकता अभिवृद्धि र अनुशासित युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दल तालिम अत्यन्त उपयोगी रहेकाले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म कुल सात हजार ७०४ जना विद्यार्थीले तालिम पूरा गरेको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयसँग सम्बन्धित अन्य कुनै नयाँ कानुन बनाउनु परेमा वा संशोधन गर्नु परेमा सोको लागि रु ९० हजार बजेट छुट्याइएको जानकारी दिनुभयो ।
रक्षामन्त्री राईले भक्तपुर सल्लाघारीस्थित च्वाङ्गा गणेशथान आसपासको सरकारी, सार्वजनिक जग्गा नेपाल सरकारको सम्पत्ति भएकाले त्यो  सरकारी, सार्वजनिक जग्गाको संरक्षण र उपयोग हाल नेपाली सेनाले गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यस स्थानमा हाल सेनाको शिक्षालय छ । सार्वजनिक सम्पत्तिको उपयोग स्थानीय बासिन्दाले समेत गरिरहेका छन् । उक्त क्षेत्रको रानी पोखरीमा सर्वसाधारणको लागि सहज पहुँच छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै