२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँः अधयक्ष दाहाल

२०८२, १० असार मंगलवार १२:४४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलुु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताउनुभएको छ ।
युवालय संस्थाको आयोजनामा आज ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रतिपक्षी दलको हैसियतले श्रमिकको मुद्दालाई संसद्मा उठाउने नैतिक जिम्मेवारी बहन गर्ने बताउनुभयो ।
“संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढङ्गले अगाडि बढेको छैन, श्रमिकको न्यूनतम ज्यालामा घरेलुु श्रमिकलाई पनि ल्याउन पहल गर्नेछौँ”, उहाँले भन्नुभयो ।
दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गराउन नसकिने धारणा राख्नुभयो । “श्रमिककै कारणले म तीन पटकसम्म प्रधानमन्त्री हुन सफल भएँ, यो मुद्दालाई जोड दिएर राष्ट्रिय रुपमा पहल गर्न प्रयत्न गर्नुभएकामा धन्यवाद भन्न चाहन्छु, घरेलु  श्रमिकलाई पनि वैधानिक व्यवस्थामार्फत कानुन निर्माण गरेर सम्मानित जीवन बिताउने वातावरण तयार गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु,” उहाँले भन्नुभयो ।
सांसद् रमा कोइरालाले आफूले ट्रेड युनियनबाट प्रतिनिधित्व गर्दै श्रमिकको हितमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो । उहाँले देशमा प्रशस्तै रोजगारी सृजना गर्न सकिन्छ उल्लेख गर्दै सरकारले नेपालमा भएको श्रमबजार र रोजगारीलाई चिन्न नसकेको बताउनुभयो ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले घरेलु श्रमिकका हितमा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।
सन् २०१३ मा स्थापित युवाको नेतृत्वमा सञ्चालित संस्था युवालयले युवाको क्षमता अभिवृद्धि, अधिकार संरक्षण, तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील रही उल्लेखनीय योगदान दिँदै आएको छ । पछिल्लो समय आफूहरुले घरेलु तथा हेरचाहसम्बन्धी श्रमलाई सामाजिक मान्यता दिने र यसलाई सम्मानजनक र मर्यादित पेसाका रूपमा विकास गर्न स्थानीय तह, प्रदेश र सङ्घीयस्तरमा वकालत तथा अभियानमार्फत पैरवी गरिरहेको संस्थाका अध्यक्ष धर्मराज रिमालले जानकारी गराउभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता