२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले,कांग्रेस र माओवादी बाट २० फिट पर नै बस्नु भन्ने खालको जनताबाट सन्देश छ : रास्वपा उपसभापति वाग्ले

१० असार २०८२, मंगलवार १३:१५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गरेका छन् । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र एमालेले कब्जाको नीति लिएको वाग्लेले आरोप लगाए ।

वाग्लेले वर्तमान सरकार भत्काउनुपर्ने मान्यतामा रास्वपा रहेको उनले सुनाए । उनी भन्छन्, ‘यो भत्कियो भने जुन वैकल्पिक सरकार बन्छ । त्यसलाई बाहिरैबाट समर्थन गरिदिनुपर्ने बाध्यता पनि आउन सक्छ ।’ कदाचित सरकार परिवर्तन हुने अवस्था बन्यो भने रास्वपामा सरकारमा जाने सम्भावना एकदमै न्यून रहेको उनले सुनाए ।

‘यद्यपि, पार्टीको प्याराडक्स के हो त ? यो सरकार अहिलेको गठबन्धन भत्काउनुपर्छ भन्ने छ । यो दुईटा विपरीत जस्तो अडानका बीच एउटा रचनात्मक उपाय निकाल्नुपर्छ,’ वाग्लेले भने ।

आम पार्टी पंक्तिको राय सरकारमा जान नहुने सुझाव दिएको उनले बताए । वर्तमान सरकार कायम रहँदासम्म रास्वपाले भविष्यमा के गर्ने भनेर अहिले छलफल नगरेको वाग्लेले बताए ।

उनी भन्छन्,‘आधिकारिक निर्णय पार्टीमा छलफल भएपछि मात्रै आउँछ । तर फेरि पनि दोहोर्‍याउँछु आम पार्टी पंक्ति र आम शुभेच्छुकहरुमा अब यी तीन दलसँग २० फिट पर नै बस्नु भन्ने खालको सन्देश छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ