२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा उत्पादनमा आधारित प्रोत्साहन

१० असार २०८२, मंगलवार १३:३९

काठमाडौं । पोखरा महानगरपालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धिमा जोड दिँदै उनीहरूलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गरिने उल्लेख गरिएको छ ।

‘उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ भन्ने अवधारणाअनुरूप कृषिको आधुनिकीकरण, विशिष्टीकरण, विविधीकरण र व्यावसायिकीकरण गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

भूमि वर्गीकरण, भूमि बैङ्क तथा वित्तीय पहुँचः भू उपयोग ऐन र नियमावलीअनुसार भूमि वर्गीकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ । भूमि बैङ्कमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै लगानी वृद्धिका लागि कृषि ऋणमा लाग्ने ब्याजमा ५० प्रतिशत सहुलियत उपलब्ध गरिने जनाइएको छ ।

खेतीयोग्य गह्रा बनाऔँ हराभरा अभियानका साथ हिउँदे बाली (गहुँ, तोरी, आलु, चैते धान, तरबुजा) को क्लस्टरमा खेती गरिने उल्लेख गर्दै प्रमुुख आचार्यले महानगरपालिकाभित्र सिँचाइ क्षेत्र विस्तार गर्दै थोपा, प्लास्टिक पोखरी, लिफ्ट, कुलो र पाइप सिँचाइमार्फत वर्षभरि भरपर्दो सामूहिक पहुँच बढाई बाली सघनता वृद्धि गरिने बताउनुभयो ।

पहाडी तथा काष्ठफल फलफूल आयोजनाको साझेदारीमा सुन्तला, कागती, मेकाडेमिया नट, एभोकाडो आदिको क्षेत्र विस्तार गरिने उहाँले बताउनुभयो । प्रभावकारी सूचना, प्रविधि, सञ्चार गर्दै कृषि प्रसारका लागि डिजिटल कृषि प्रणाली अवलम्बन गरिनाका साथै उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपन्छी सेवा प्राविधिकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

किसान सूचीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने र सेवा प्रवाहमा जोडिने महानगर प्रमुख आचार्यले बताउनुुभयो । दिगो कृषिको आधारका रूपमा प्राङ्गारिक खेतीको विस्तारका लागि प्राङ्गारिक पकेट स्थापना र वातावरणमैत्री सहरी कृषिमा जोड दिइने उहाँले बताउनुभयो ।

माटोको जैविक गुणस्तर कायम राख्न प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै, रासायनिक मल र विषादीको प्रयोगलाई नियमन गरी मानव स्वास्थ्य तथा जैविक विविधताको संरक्षण गरिने महानगरपालिकाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ