२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने : गृहमन्त्री लेखक

११ असार २०८२, बुधबार १५:३९

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने बताएका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ मा प्रहरी संगठनका बारेमा उल्लेख नगरेको भन्दै यस विध्येकमा उल्लेख गरी प्रहरीको समायोजनलाई सरल बनाउने बताएका हुन् ।

उनले भने,‘हामीले प्रहरी समायोजन गर्ने भनेका छौ । तर प्रहरीको समायोजनका बारेमा अरु दुईवटा कानून त बनायौ तर प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ हो त्यसमा प्रहरी संगठनका बारेमा उल्लेख गरेको अवस्था छैन,’ गृहमन्त्री लेखकले भने, ‘यसले संविधानको भावना अनुरुप प्रदेश प्रहरीका विषयहरु समेत यसमा उल्लेख गरेर प्रहरीको समायोजनलाई सरल, सहज गर्ने उद्देश्यका साथ यो आएको छ ।’

उनले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा नेपाल प्रहरी सेवालाई प्रभावकारी बनाउँदै अपराध रोकथामका लागि आवश्यक व्यवस्था गरिएको बताए ।

उनले भने, ‘नेपाल प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिबद्ध व्यवसायीक, जवाफदेही र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न आवश्यक व्यवस्था यो विधेयकमा गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ