२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए

२०८२, ११ असार बुधबार १७:०४

काठमाडौँ | विधायन व्यवस्थापन समितिको बुधबार बसेको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउँदै भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्न भन्सार ऐन संशोधन अपरिहार्य भएको उल्लेख गरे। उनले भने, ‘भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सुरक्षित बनाउन भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारीता अभिवृद्धि गर्नुपर्छ। यसको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक छ। भन्सारका प्रक्रियालाई सरल प्रभावकारी र प्रविधिमैत्री बनाई अगाडि लानुपर्ने आवश्यकता छ।’

भन्सार ऐन र भन्सार आयोगसँग सम्बन्धित कतिपय प्रावधान संशोधन गर्नुपर्ने देखिएको पनि उनले स्पष्ट पारे। उनले विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव नहुने बताए। उनले भने, ‘भन्सार सम्बन्धी प्रावधानहरु भन्सार ऐनबाट संशोधन गर्नुपर्ने देखिएको छ। नेपालको भन्सार कानुन र भन्सार आयोगमा कतिपय कुराहरु संशोधन गर्नुपर्ने देखिन्छ। विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव हुन सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण