२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए

११ असार २०८२, बुधबार १७:०४

काठमाडौँ | विधायन व्यवस्थापन समितिको बुधबार बसेको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउँदै भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्न भन्सार ऐन संशोधन अपरिहार्य भएको उल्लेख गरे। उनले भने, ‘भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सुरक्षित बनाउन भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारीता अभिवृद्धि गर्नुपर्छ। यसको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक छ। भन्सारका प्रक्रियालाई सरल प्रभावकारी र प्रविधिमैत्री बनाई अगाडि लानुपर्ने आवश्यकता छ।’

भन्सार ऐन र भन्सार आयोगसँग सम्बन्धित कतिपय प्रावधान संशोधन गर्नुपर्ने देखिएको पनि उनले स्पष्ट पारे। उनले विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव नहुने बताए। उनले भने, ‘भन्सार सम्बन्धी प्रावधानहरु भन्सार ऐनबाट संशोधन गर्नुपर्ने देखिएको छ। नेपालको भन्सार कानुन र भन्सार आयोगमा कतिपय कुराहरु संशोधन गर्नुपर्ने देखिन्छ। विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव हुन सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ