२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

२०८२, १२ असार बिहीबार १७:५६
काठमाडौँ । गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ ।
कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्य रहनेछ । एपको शुभारम्भ आज यहाँ श्रममन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
मन्त्री भण्डारीले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगमार्फत पारदर्शिता र नीतिगत निर्णयमा सुधार गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले सबैको सहयोग र सहकार्यका लागि आह्वान गर्दै सरोकारवालासँगको सहकार्यमा सामूहिक प्रयासबाट सुरक्षित, मर्यादित श्रम व्यवस्थापन सम्भव हुने बताउनुभयो । यो एपमा नेपाली र अङ्ग्रेजी भाषामा प्रयोगकर्तामैत्री इन्टरफेसको साथ सीप विकास, वित्तीय योजना र मानसिक स्वास्थ्यका लागि आवश्यक स्रोतहरू समावेश गरिएको छ ।
त्यस अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले सही, भरपर्दो र समयसापेक्ष सूचना पहुँच राख्न यस एपले श्रमिकको आवश्यकताका आधारमा सहयोग र मार्गदर्शन प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले कोरियाली सरकारले कोरियामा काम गरी फर्केका आप्रवासी कामदार नेपालको भविष्यका लागि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्नुभयो ।
गत हप्ता दूतावासले प्रकाशमा ल्याएको ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका कोरियाको अनुभवका आधारमा सफल व्यवसायीका रुपमा उदाएका ५० जना वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको प्रेरणादायी उद्यमशीलता कथाको सँगालोका बारेमा समेत उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकार, कोरियाली राजदूत तथा दूतावासका प्रतिनिधि, कोइका नेपालका प्रतिनिधि, कोरियामा रोजगारीको अनुभव भएका व्यक्तिहरु, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिलगायत सञ्चारकर्मीको उपस्थिति थियो ।
कोरियन सरकारले कोरियामा रोजगारका लागि प्रस्थान गर्नु अगाडि कोरियामा कार्यरत रहँदा र फर्किएपश्चात् उद्यमशीलता प्रवर्द्धनका साथै वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनेतर्फ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको यहाँस्थित कोरियन दूतावासले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण