२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण

१३ असार २०८२, शुक्रबार १८:१५

काठमाडौँ | बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा बजेट तर्जुमाका सम्बन्ध आर्थिक मामिला तथा योजना मन्त्रालय र मन्त्री कुन्दन काफ्लेलाई जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित भएका समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयसँग कुनै सत्यतथ्य नबुझी प्रदेश सरकारको क्षेत्राधिकारभन्दा बाहिर बजेट विनियोजन भएको भन्ने सन्दर्भमा उक्त कार्यक्रम सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानको रहेको र हेटौँडा उपमहानगरपालिका वडा नं २० र २२ जोड्ने कर्रा खोला सडक पुल आयोजना साविककै क्रमागत आयोजनाको निरन्तरता हो ।”

मन्त्रालयमा बजेट निर्माणसम्बन्धी प्रक्रियागत छलफललाई विवाद भएको भनी झुठा प्रचारप्रसार गरिएको र जनतामा भ्रम फैलाइएको भन्दै मन्त्रालयले सम्बन्धित सबैमा त्यस्ता भ्रममा नपर्न सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै