२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह

१४ असार २०८२, शनिबार १४:१९
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गर्नुभएको छ ।
बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले नेपाल प्राकृतिक रूपमा उच्च जोखिम रहेकाले विपद् न्यूनीकरणमा आवश्यक समन्वयको आवश्यकता औँल्याउनुभयो ।
सांसद अर्जुन नरसिंह केसीले असार १२ गते अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा एक महिलाको मृत्यु र एक पुरुष गम्भीर घाइते भएका जनाउँदै मृत्यु भएकालाई क्षतिपूर्ति तथा र घाइतेको उपचार, राहत र पुनःस्थापना  गर्न माग गनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुनुपर्ने बताउनुभयो ।
सांसदद्वय विमला सुवेदी र हितबहादुर तामाङले मनसुनजन्य विपद् न्यूनीकरणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्ने बताउँदै जोखिममा परेकालाई तत्काल उद्धार र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले मानवीय क्षतिसँगै चौपाया र तरकारीखेती नष्ट भएको भन्दै उपचार, क्षतिपूर्ति र राहतका लागि माग गर्नुभयो ।
सांसद रामहरि खतिवडाले वर्षातको मौसम सुरु भएसँगै ठाउँठाउँमा बाढीपहिराले सडक, राजमार्ग अस्तव्यस्त बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “असारे विकासले थप अप्ठ्यारो बनाएको छ । ७७ जिल्लामा विपद् तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृह मन्त्रालयले आवश्यक तयारी गर्नुपर्छ ।”
सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की १२ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्याले स्तब्ध बनाएको बताउँदै दोषीलाई अधिकतम कारबाही गर्न, पीडित परिवारलाई शीघ्र राहत, न्यायिक सहायता र मनोवैज्ञानिक परामर्श दिनुपर्ने माग गर्नुभयो । उहाँले बलात्कारका घटनाले समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने देखाएको भन्दै यसलाई सिङ्गो राज्यले गम्भीरतापूर्वक लिन जरुरी रहेको धारणा राख्नुभयो ।
सांसद प्रकाश ज्वालाले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई कतिपय भूतपूर्व मन्त्री, राजनीतिक दल, व्यापारीको सुरक्षामा खटाउनु ऐन तथा कानुन विपरीत र बेठीक रहेको धारणा राख्नुभयो । उहाँले गृहमन्त्रीसँग खटाइएका ती सुरक्षाकर्मीहरू फिर्ता पठाउन माग गर्दै कति सुरक्षाकर्मी कहाँकहाँ खटिएका छन्, सोको विवरण माग गर्नुभयो ।
सांसद ठाकुरप्रसाद गैरेले एसइईको नतिजामा आएको सुधार सकारात्मक रहेको बताउँदै आगामी दिनमा नतिजा थप सुधार गरी प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय शिक्षा विधेयक यथाशीघ्र पास गर्नुपर्ने माग गर्नुभयो । सांसद मुक्ताकुमारी यादवले जनकपुरका कलाकार अभिनास झा (कलकतियाबाली) की श्रीमती अन्सा सदाको मृत्युको घटनाबारे छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै