२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छः महासचिव पोखरेल

१४ असार २०८२, शनिबार १४:४४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज बृहत पदयात्रा कार्यक्रम गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वरहुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।
यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमाले महासचिव शङ्कर पोखरेलले स्व भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रुपान्तरणका लागि महत्वपूर्ण  योगदान गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्गनिर्देशन गर्ने विचार हो, त्यही माध्यमद्वारा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्ने लक्ष्यका साथ हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौ ।”
महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिकारुपमा उभ्याउन मिसन–८४ यो अभियानका महत्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट  मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधनस्रोतका हिसावले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छन् भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक