२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन भयो : सांसद कार्की

२०८२, १४ असार शनिबार १४:५५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् ।

मानव तस्करीका नाममा किन नेपाली जनतालाई लुटेको ? भन्दै उनले प्रश्न गरिन् । “गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदै छ, यसको जवाफ छ गृहमन्त्रीज्यू ?,” उनले भनिन्, “बीपीले भन्नुभएको थियो– जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ ?

उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको टिप्पणी गरिन् । “गृहमन्त्रीज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ,” उनले भनिन्, “उहाँले त यस्तो समिति बनाउनुभयो कि उहाँलाई फुत्किन र कमाइ बचाउन धेरै सजिलो भयो ।”

उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन् । “धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,” उनले भनिन्, “तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।”

उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण