२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड

२०८२, १५ असार आईतवार १४:५८

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्य आवश्यकपर्नेमा जोड दिनुभएको छ ।

टर्कीको इस्तानबुलमा आयोजित ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम’ लाई सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकहरूले पनि समुद्रसम्मको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो । समारोहमा ‘भूपरिवेष्टितबाट भूजडित प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरका’ विषयमा सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकले यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भएमा समुद्री पहुँचसमेत प्राप्त गर्न सकिने धारणा राख्नुभयो । “नेपालसहित सबै स्थलगत मुलुकहरूले अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ”, मन्त्री दाहालले भन्नुभयो ।

नेपाल जस्ता भूपरिवेष्टित मुलुकलाई ‘कनेक्टिभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँचसम्म पु¥याउन क्षेत्रीय सहकार्यको आवश्यकता मन्त्री दाहालले आवश्यकता औँल्याउनुभयो । भूपरिवेष्टितबाट भूजडित बन्न सडक, रेल र बन्दरगाहमा मात्र नभइ सहकार्य, विश्वास र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा उहाँले छिमेकी मुलुकहरूसँग जोड्ने रणनीतिक करिडोरलाई प्राथमिकता दिइएको बताउनुभयो । नेपाल बाढीपहिरो, भूकम्पलगायत प्राकृतिक विपद्मा संवेदनशीलमुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था हुँदाहुँदै पनि कमजोर माटो र मिश्रित चट्टानी संरचना भएकाले जोखिम उच्च रहेको बताउनुभएको थियो ।

हिमाली क्षेत्रका हिउँदे नदी तीव्र गतिमा बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आइपुग्दा तीव्रता कायम रहने भएकाले नेपालमा हरेक वर्ष बाढीपहिरोबाट ठूलो क्षति व्यहोर्नु परिरहेको मन्त्री दाहालले बताउनुभयो । यस्ता भौगालिक अवस्था र विशिष्टता नेपालको यातायात पूर्वाधार निर्माण र संरक्षणमा चुनौती रहेका उहाँले प्रष्ट पार्नुभएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण