२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड

१५ असार २०८२, आईतवार १४:५८

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्य आवश्यकपर्नेमा जोड दिनुभएको छ ।

टर्कीको इस्तानबुलमा आयोजित ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम’ लाई सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकहरूले पनि समुद्रसम्मको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो । समारोहमा ‘भूपरिवेष्टितबाट भूजडित प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरका’ विषयमा सम्बोधन गर्दै उहाँले भूपरिवेष्टित मुलुकले यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भएमा समुद्री पहुँचसमेत प्राप्त गर्न सकिने धारणा राख्नुभयो । “नेपालसहित सबै स्थलगत मुलुकहरूले अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ”, मन्त्री दाहालले भन्नुभयो ।

नेपाल जस्ता भूपरिवेष्टित मुलुकलाई ‘कनेक्टिभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँचसम्म पु¥याउन क्षेत्रीय सहकार्यको आवश्यकता मन्त्री दाहालले आवश्यकता औँल्याउनुभयो । भूपरिवेष्टितबाट भूजडित बन्न सडक, रेल र बन्दरगाहमा मात्र नभइ सहकार्य, विश्वास र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा उहाँले छिमेकी मुलुकहरूसँग जोड्ने रणनीतिक करिडोरलाई प्राथमिकता दिइएको बताउनुभयो । नेपाल बाढीपहिरो, भूकम्पलगायत प्राकृतिक विपद्मा संवेदनशीलमुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था हुँदाहुँदै पनि कमजोर माटो र मिश्रित चट्टानी संरचना भएकाले जोखिम उच्च रहेको बताउनुभएको थियो ।

हिमाली क्षेत्रका हिउँदे नदी तीव्र गतिमा बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आइपुग्दा तीव्रता कायम रहने भएकाले नेपालमा हरेक वर्ष बाढीपहिरोबाट ठूलो क्षति व्यहोर्नु परिरहेको मन्त्री दाहालले बताउनुभयो । यस्ता भौगालिक अवस्था र विशिष्टता नेपालको यातायात पूर्वाधार निर्माण र संरक्षणमा चुनौती रहेका उहाँले प्रष्ट पार्नुभएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ