२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा: विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथिकाे छलफल जारी

२०८२, १५ असार आईतवार १६:२६

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा विभिन्न १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।

अध्यक्ष नारायणप्रसाद दाहालले ती मन्त्रालयत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव नआएको जानकारी गराउनुभयो । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरू तुलसाकुमारी दाहाल, सुरेश आलेम मगर, नारायणदत्त मिश्र, उदयबहादुर बोहरा, सोनाम ग्याल्जेन शेर्पा, झक्कुप्रसाद सुवेदी, किरणबाबु श्रेष्ठ, गोमादेवी तिमिल्सिना, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त भट्ट, राजेन्द्रलक्ष्मी गैरे, जगप्रसाद शर्मा र दुर्गा गुरुङले भाग लिनुभयो ।

उहाँहरूले आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन, स्वास्थ्य पूर्वाधारको विकास, व्यापार घाटा न्यूनीकरण तथा किसानका समस्या समाधान गरी उत्पादन वृद्धिको योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण