२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक

१५ असार २०८२, आईतवार १६:५२

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तहमा राख्न उपयुक्त हुने प्रस्ताव राख्नुभयो ।

“प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “प्रहरीको ती दर्जाका कर्मचारीहरुलाई आधारभूत तह भन्नुपर्छ भनेको छु । प्रहरी सेवामा ठूलो सङ्ख्यामा जवान, हवल्दार तहसम्मका जनशक्ति हुन्छन् । सबैभन्दा बढी सडकमा खटेर ‘ड्यिुटी’ गर्ने ती तह भएकाले कानुन निर्माणका क्रममा त्यसलाई आधारभूत तह लेखौँ । बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ ।”

मन्त्री लेखकले बढी समय खटिने ती तहका प्रहरी कर्मचारीको सेवासुविधालाई प्राथमिकता दिइ प्रहरी ऐन लाउने पक्षमा सरकार रहेको बताउनुभयो ।

“नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पूरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गरेदेखि सेवा निवृत्त हुँदासम्म सम्पूर्ण वृत्तिविकासलगायत समग्र पक्ष राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो ।” गृहमन्त्री लेखकले भन्नुभयो, “नेपाल प्रहरीसम्बन्धी कानुन यो देशको सबैभन्दा पुरानोमध्येको एक हो । यो कानुन अहिलेसम्म समयसापेक्ष रुपमा परिमार्जन हुन नसकेका सन्दर्भमा सङ्घीय संसद्को यही अधिवेशनबाट पास गर्नेगरी छिटोछरितो ढङ्गबाट विधेयक अघि बढाइदिनुहुन सबैसँग अनुरोध गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ