२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा लुइँटेल

२०८२, १६ असार सोमबार १२:४७
काठमाडौं ।  राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन भएको छ । यहाँ सम्पन्न सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभामा आगामी दुई वर्षका लागि लुइँटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
सङ्घ देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता सङ्गठन हो । कार्यसमितिको उपाध्यक्षद्वयमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपीन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई चयन हुनुभएको छ ।
साथै कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल ब्ञ्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित हुनुभए निर्वाचन अधिकृत अधिवक्ता केशव पोखरेलले जानकारी दिनुभयो । उहाँहरुलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले हार्दिक बधाइ तथा शुभकामना दिनुभयो ।
मुलुकभरका १२० भन्दाबढी इभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा सुशिला मल्ललाई सल्लाहकारमा चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकका रुपमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण