२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाध्यतामा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गरिनेछः श्रममन्त्री भण्डारी

२०८२, १६ असार सोमबार १६:२१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले युवाले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताउनुभएको छ ।
आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिस्रोतका रुपमा रहेको बताउँदै उहाँले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले बाध्यात्मक वैदेशिक रोजगारलाई आगामी दश वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा कार्यक्रम घोषणा गरेको समेत जानकारी दिनुभयो । “वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन, स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन,” उहाँले भन्नुभयो, “तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देशभित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीतिसहित काम गरिरहेको छ ।”
उहाँले रोजगारी सृजनाका लागि निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी अवसर अवसर सृजना गर्न सरकारले आवश्यक नीतिनियम सुधार गरेर जाने बताउनुभयो ।
मन्त्री भण्डारीले नेपालीहरु थोरै पैसाका लागि विदेशिनुभन्दा स्वदेशमा नै स्वरोजगार गरेर बस्न उपयुक्त भएको धारणा गर्नुभयो । उहाँले  नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण