२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाध्यतामा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गरिनेछः श्रममन्त्री भण्डारी

१६ असार २०८२, सोमबार १६:२१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले युवाले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताउनुभएको छ ।
आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिस्रोतका रुपमा रहेको बताउँदै उहाँले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले बाध्यात्मक वैदेशिक रोजगारलाई आगामी दश वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा कार्यक्रम घोषणा गरेको समेत जानकारी दिनुभयो । “वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन, स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन,” उहाँले भन्नुभयो, “तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देशभित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीतिसहित काम गरिरहेको छ ।”
उहाँले रोजगारी सृजनाका लागि निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी अवसर अवसर सृजना गर्न सरकारले आवश्यक नीतिनियम सुधार गरेर जाने बताउनुभयो ।
मन्त्री भण्डारीले नेपालीहरु थोरै पैसाका लागि विदेशिनुभन्दा स्वदेशमा नै स्वरोजगार गरेर बस्न उपयुक्त भएको धारणा गर्नुभयो । उहाँले  नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा