२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

१६ असार २०८२, सोमबार १७:५७

काठमाडौँ | सरोकार भएकाहरूले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय शासन प्रणालीको विकासमा जोड दिएका छन् ।

ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा, जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रिया तथा तीनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गरिनुपर्नेमा जोड दिएका हुन् ।

गण्डकी प्रदेशको मध्यबिन्दु नगरपालिका क्षेत्रमा बालिका सशक्तीकरण कार्यक्रम र सुनवल नगरपालिकामा रहेका युवा अभियन्ताले विद्यमान संरचनामा युवा प्रतिनिधित्वको प्रभावकारी कार्यान्वयन गर्नुका साथै युवामैत्री स्थानीय शासनका लागि थप स्रोत र लगानी परिचालन गर्न आवश्यक रहेकामा जोड दिए ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका युवाहरूले वर्षाको चुनौतीका बाबजुद समुदायमा गरिएका सकारात्मक कामको अनुभव बाँड्दै युवामा लगानी गर्नाले उनीहरूको क्षमता अभिवृद्धि हुने र जलवायुसम्बन्धी अभियान अझै प्रभावकारी हुने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा सुदीप ठकुरीले जलवायु अनुकूलन र समावेशी कदमका लागि युवा नेतृत्व अपरिहार्य भएको र यस्ता अभियानमा सशक्त भएर लाग्न युवालाई आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालका विनिता कार्कीले जलवायुमैत्री शासन र युवामैत्री शासन प्रवर्द्धनमा राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यमा विगतमा भएका असल अभ्यासको अनुभव सुनाउँदै यसबाट गरे के हुन्न भन्ने उदाहरण प्रस्तुत भएको बताउनुभयो ।

ब्रिटिस काउन्सिल नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले युवालाई वातावरण संरक्षणसँग सम्बन्धित विषयमा ज्ञान र सीप दिएर परिवर्तनका बाहकका रूपमा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्दप्रसाद पोखरेलले युवासँग सहकार्य गर्न तयार रहेको बताउँदै वातावरण संरक्षण र पर्यावरणको विकासका निम्ति अगाडि बढ्न आग्रह गर्नुभयो ।

गैरसरकारी संस्था महासङ्घ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले पैसा हुँदा मात्र कार्यक्रम सञ्चालन गर्ने नभई साझेदारीको माध्यमबाट कार्यक्रमलाई दिगो बनाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाका सदस्य तथा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सूर्य ढकालले विपद् सूचना प्रणालीलाई व्यवस्थित गरी लागू गर्ने र पाठ्यक्रममा विपद्को विषय राख्ने योजना रहेको सुनाउनुभयो । युवाको विकास, समृद्धि र उद्यमशीलता प्रति सरकार एवं संसद् गम्भीर रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल