२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं: मन्त्री अधिकारी

२०८२, १७ असार मंगलवार १८:०७

काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्थापन र सहकारी समस्या समाधानका लागि पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले आवश्यक बजेट व्यवस्थापन गरेर भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण तथा सहकारीमा देखिएका समस्या समाधान गरिने विश्वास दिलाउनुभयो ।

मन्त्री अधिकारीले राजस्व सङ्कलन र मुलुकको आर्थिक अवस्थाका कारण पर्याप्त बजेट विनियोजन हुननसक्दा मन्त्रालय मातहतका आयोजना खुम्च्याउनु परेको र भएका आयोजनालाई पनि आवश्यक बजेट व्यवस्थापन गर्न चुनौती भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुयो,“आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयमा रु सात अर्ब ४९ करोड बजेट विनियोजन भएको छ । यसले भूमि व्यवस्थापन तथा सहकारीसम्बन्धी सम्पूर्ण कार्यालयको व्यवस्थापन आदि काम सम्पादन गर्न कठिन हुने देखिन्छ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट वृद्धिका लागि पहल गरिरहेका छौँ ।”

मन्त्री अधिकारीका अनुसार मन्त्रालयअन्तर्गत ७७ वटै जिल्लामा रहेका कार्यालय व्यवस्थापन, सहकारी प्राधिकरण, सहकारी समस्या समाधान समिति, कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र सञ्चालनमा रहेका तथा कर्जा सुरक्षण कोष स्थापनाको योजना रहेकाले यी निकायमा बजेट अभाव हुननदिन आवश्यक पहल गरिएको छ । उहाँले मन्त्रालय मातहतका कार्यालय व्यवस्थित र प्रविधियुक्त बनाइने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले यस वर्ष हालसम्म पाँच हजार सात सय भूमिहीन, दलित र अव्यवस्थितलाई लालपुर्जा वितरण गरिएको पनि जानकारी दिनुभयो । तीन वर्षभित्र सबैको व्यवस्थापन गरिने लक्ष्य रहेको भन्दै उहाँले सोही प्रयोजनका निम्ति भूमि विधेयक प्रतिनिधिसभामा पेस गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण