२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’

२०८२, १८ असार बुधबार १३:२७

काठमाडौँ | रक्षामन्त्री मानवीर राईले विपद् नेपाली सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धिका लागि सरकारले पहल गरिरहेको बताउनुभएकोे छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ सम्बन्धमा रक्षा मन्त्रालयका सन्दर्भमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा उहाँले सुरक्षाकर्मी र कर्मचारीको सुेवासुविधा वृद्धिका लागि आर्थिक स्रोतको बढोत्तरी जरुरी रहेको छ भन्नुभयो ।

अर्थतन्त्रको सुधार र विस्तारपछि राज्यका हरेक क्षेत्रमा सेवा सुविधा वृद्धिका लागि कुनै पनि कन्जुस्याइँ नगरिने रक्षामन्त्री राईको भनाइ छ ।

पछिल्ला दिनमा मुलुकको अर्थतन्त्र सुधारात्मक दिशामा अगाडि बढेको अर्थमन्त्रीले स्पष्ट पारिसक्नुभएको सन्दर्भमा आगामी दिनमा सो बारेमा सरकारले सकारात्मक तवरले नै सोच्ने उल्लेख गर्नुभयो ।

यस्तै, राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लैजाने सोचमा सरकार रहेको मन्त्री राईले सदनलाई जानकारी गराउनुभयो । उहाँले आगामी आवमा तराई मधेस र सिमाना जोडिएका केही जिल्लामा सो कार्यक्रम अगाडि बढाइने उल्लेख गर्नुभयो ।

‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रम युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना विकास गर्ने लक्ष्यका साथ सञ्चालित छ । यस्तै, निःस्वार्थ सेवाको आदर्श मूल्य एवं भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम सफल भएको छ ।

सो कार्यक्रम सेनाको व्यवस्थापनमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रमअनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्र्थी सहभागी हन्छन् भने सिनियर डिभिजनले दश जोड दुईका विद्यार्र्थी सहभागी हुने गरेका छन् ।

आगामी आवको बजेटमा ‘राष्ट्रिय सेवा दलको दायरा विस्तार र प्रभावकारिता अभिवृद्धि गरिनेछ’ भन्ने विषय समावेश गरिएको छ । सरकारको निर्देशनमा रहेर आगामी दिनमा सेनाले उत्पादनमूलक क्षेत्रमा पनि सक्रिय हुने र त्यसबाट मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँको कथन थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण