२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हतियारसँग खेल्ने विधेयक हो प्रहरीको, लापरवाही हुँदैन’ भनेर कसरी विश्वास गर्ने

२०८२, १८ असार बुधबार १४:३६

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको गडबडीमा राज्यव्यवस्था समितिको सभापतिदेखि सभामुखसम्म छानबिन गर्नुपर्ने माग गरेको छ ।

साथै कुलिङ पिरियडको व्यवस्थामा भएको फेरबदल सच्याउन संघीय संसदलाई पत्राचार गर्नुपर्ने माग पनि माओवादीले राखेको छ । आज बसेको राज्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडको विषयमा भएको गडबडीमा छानबिनको माग गरेका हुन् ।

उनले समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई नैतिकता प्रदर्शन गर्न सुझाव समेत दिए । ‘नैतिकता मान्ने कुरा होइन, अनुभव गर्ने कुरा हो, देखाउने कुरा हो,’ उनले भने ।

समितिका सभापतिले यो गलत कार्यमा कोको मान्छे संलग्न थिए भनेर भन्नुपर्ने उनले बताए । उनले समितिले सर्वसम्मतिले पास गरेको विधेयकमाथि हेरफेर गरेर सार्वभौम संसदलाई हेपिएको टिप्पणी गरे । उनले सरकारले पनि संसदलाई हेपिरहेको आरोप लगाए ।

निजामती सेवा विधेयकमा भएको गडबडीले गर्दा अरु विधेयक कसरी अघि बढाउने भनेर पनि प्रश्न गरे । ‘यस्तै भयो भने प्रहरी विधेयक कसरी अघि बढाउने, त्यो त हतियारसँग खेल्ने विषय हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण