२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताए

२०८२, १८ असार बुधबार १७:०७

काठमाडौँ | कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन्।

बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए।

उनले भने, ‘अगामी आर्थिक वर्षमा मलआयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ। अगामी आर्थिक वर्षको मल आपुर्ती तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ।’

यस्तै, उनले उन्नत बिउविजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरुबाट विकास गरिएका उन्नत बिउहरु सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको पनि जानकारी दिएका छन्।

स्वदेशी र स्थानीय बिउको प्रवद्र्धनका लागि एक सय ८० वटा स्थानीय तहका कृषकहरुलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको पनि उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण