२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइनेछ’

२०८२, १८ असार बुधबार १७:५६

काठमाडौँ । साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइने भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा चौबिसै घण्टा र सातै दिन साइबर सुरक्षा केन्द्रलाई क्रियाशील बनाउँदै साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइने बताइएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विनियोजन विधेयकमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो । जवाफ दिने क्रममा मन्त्री दाहालले साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेस तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको बताउँदै सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भइसकेको व्यहोरा जानकारी गराउनुभयो ।

सबै सरकारी निकायको वेबसाइटमा एकरूपताल्याई एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको र वेबसाइटमा हुनसक्ने साइबरजन्य सुरक्षा जोखिम न्यूनीकरणको लागि ‘वेब मोनिटरिङ’ प्रणाली अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

हाल चौबिसै घण्टा सञ्चालनमा रहेको सरकारी डाटा सेन्टर एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई थप व्यवस्थित र सुरक्षित बनाइने भएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । आमसञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि विद्यमान ऐन कानुनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्ने काम सुरू गरिएको मन्त्री दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आम सञ्चार माध्यममा सबै नागरिकको पहुँच स्थापित गर्न गोरखापत्रबाट ४५, सार्वजनिक प्रसारण रेडियो नेपालबाट २५, नेपाल टेलिभिजनबाट १४ भाषामा र राष्ट्रिय समाचार समिति(रासस) बाट ३ मातृभाषामा कार्यक्रम प्रकाशन तथा प्रसारण हुँदै आएका छन् । आगामी आवमा थप भाषाहरूमासमेत समाचार सामग्री प्रकाशन र प्रसारण गरिनेछ । सार्वजनिक प्रसारण संस्थाबाट प्रकाशन प्रसारण हुने समग्र कन्टेन्टको गुणस्तर वृद्धि गरी दर्शक तथा स्रोतामैत्री बनाउँदै लगिनेछ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सञ्चार माध्यमहरूलाई तथ्यमा आधारित र आधिकारिक सूचना सामग्री उपलब्ध गराई पत्रकारिता क्षेत्रको विश्वसनीयता वृद्धि गर्न प्रेस काउन्सिल नेपालबाट हुने अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।मन्त्री दाहालले मध्यपहाडी लोकमार्ग र अन्य लोकमार्गहरूमा अप्टिकल फाईवर विछ्याइ सेवाको गुणस्तर वृद्धि गरिने बताउनुभयो । साथै सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न एआईसम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको र आगामी आवमा कृत्रिम बौद्धिकता(एआई) को प्रयोग, प्रवद्र्धन र नियमनका लागि कृत्रिम बौद्धिकता (एआई) केन्द्रको स्थापना गरिने बताउनुभयो ।

चलचित्र क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी मौलिक, गुणस्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणका लागि चलचित्र विकास बोर्डमा पोस्ट प्रोडक्सन ल्याब स्थापनाको कार्य प्रारम्भ भएको छ । बक्स अफिस प्रणालीलाई स्तरोन्नति गर्दै लगिएको र यसका लागि चलचित्रसम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता भइसकेको मन्त्री दाहालले बताउनुभयो ।

उहाँले नागरिकता, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सवारीधनी प्रमाणपत्र नेपालमै छपाइ सुरू गरिएको र सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र छपाइ गर्ने कार्य प्रारम्भ गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो