२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताए

२०८२, १९ असार बिहीबार १३:१५

काठमाडौँ | नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताए। त्यसलाई पुर्नलेखन गरेर सोसम्बन्धी व्यवस्था राखिनुपर्ने बताए। उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ।

‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ, अहिले धेरै परिवर्तन भइसकेको छ,’ चौधरीले भने, ‘बाफिया फिर्ता पठाउनुपर्छ। नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनः ड्राफ्ट गर्नुपर्छ। नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ। अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ। नेपालीको पूँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?’उनकाअनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ। बैंकहरुसँग भएको रकम लगानी हुन सकिरहेको छैन। बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उनले बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण