२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व लिनु पर्ने : श्रममन्त्री भण्डारी

२०८२, १९ असार बिहीबार १७:५१

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व लिनु पर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा पौरखी नेपालद्वारा आयोजित कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा काम गरी रहेका नेपालीहरूको राज्यले स्वामित्व लिनु पर्ने बताएका हुन । उनले भने, ‘नेपाली कामदारहरू विभिन्न माध्यमबाट कामको लागि विदेशी भूमिमा पुगेका छन् । कतिपय ठगिएर पुगेका छन्, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजात विहीन भएर बसेका छन् । तिनीहरू सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नु पर्‍यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, पलायनको क्रम राखिएन यी विषयमा गम्भीरता पूर्वक समीक्षा हुनुपर्ने बताए । ‘गाउँबाट मान्छे मात्रै पलायन भएका छैनन्’, उनले भने, ‘गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन् रोजगारीको अभाव सृजना भएको हो । ’उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सबै पक्ष इमानदार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिनु भन्दा श्रम अनुमति दिनु पर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनु पर्छ । काम गर्न जाने कामदार तयार छन्, कामका लागि लैजाने मुलुक तयार छन् । अनि हामीले रोकेर रोकिन्छ ? ’

उनले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाहरू प्रति चिन्ता व्यक्त गर्दै यस्ता ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन एकद्धार प्रणाली मार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहिनेत गरी रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण