२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा ५ जना घाइते

२० असार २०८२, शुक्रबार १७:०९

काठमाडौँ | हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो म.प्र.०३-००१ ज ०५५१ नं.को ईभी गाडी इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल पुगेको थियो । गाडीमा सवार १० जनामध्ये ५ घाइते भएको तीमध्ये तीन जना गम्भीर घाइते रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

गम्भीर अवस्था रहेका घाइतेहरुमा पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्रसन्जु गौर, भारतको बिहारका ३९ वर्षीय रिसाहद कुमार र बिहारकै ३५ वर्षीय उमा शंकर कुमार छन् । दुर्घटनामा घाइते भएका बिहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए । प्रहरीले इभी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । गाडीमा चालकसहित १० जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर