२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

२० असार २०८२, शुक्रबार १७:११
काठमाडौँ । होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
“पहिलो संस्करण बालश्रम, जातीय विभेद, घरेलुु हिंसा, एसिड आक्रमणलगायतका विसङ्गतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई बहसमा ल्याउँदै, निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउनेमा केन्द्रित थियो”, आयोजकले भनेको छ, “दोस्रो संस्करण विकास निर्माणको मुद्दामा केन्द्रित रहनेछ ।” दोस्रो संकरण समुन्नतिको यात्रामा नेपाल पुगेको छ ? कहाँ छुटेको छ ? के कस्ता प्रगति भएका छन् ? भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।
कार्यक्रमको प्रस्तुति पहिलो संस्करणमा जस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुहुनेछ । साहित्य तथा गीतसङ्गीतमा रुचि राख्ने शर्माले पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि आफ्नो परिचय बनाउनुभएको छ । छापा माध्यममा सम्पादक रहनुभएका शर्मासँग रेडियो र टेलिभिजनमा काम गरेको अनुभव पनि छ ।
कार्यक्रम कान्तिपुर टेलिभिजनमा शुक्रबार राति ९ बजे प्रसारण हुने छभने कार्यक्रम सकिएपछि ओएरआर रियालिटी युट्युबमा उपलब्ध हुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर