२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कुलिङ पिरियड’ विवादमा अध्ययन समिति बन्यो,सचेतकहरूले दिए सदस्यको नाम को को परे समितिमा ?

२३ असार २०८२, सोमबार १३:५४

काठमाडौँ । निजामती सेवासम्बन्धी विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ (सेवानिवृत्त भएपछि पुनः नियुक्तिको अवधि) को विषयमा उठेका विवादको छानबिन तथा अध्ययन गर्न प्रतिनिधिसभाले विशेष संसदीय समिति गठन गरेको छ।

सोमबार मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यहरूको नाम सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्।

नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की सदस्यको रूपमा चयन भएका छन्।

यसैबीच, नेकपा एमालेको तर्फबाट पठाइने सदस्यको नाम भने अझै सार्वजनिक भएको छैन। कार्यव्यवस्था परामर्श समितिको बैठक हाल पनि जारी रहेको छ।

समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का