२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

२०८२, २३ असार सोमबार १४:०९

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटासहितको प्रतिधिमण्डलले आज समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै विधेयकमा शिक्षकको आत्मसम्मानको कदर तथा सेवसुविधा समायानुकूल बनाउन आग्रह गरेको हो । सङ्गठनले शत्प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको सुनिश्चितता गर्न पनि माग गरेको छ ।

क्रान्तिकारीले परम्परागत रुपमा चलिरहेका धार्मिक विद्यालय मदरसा, गुम्बालगायतका विद्यालयलाई समकक्षता र यस्ता विद्यालयलाई मूलधारमा ल्याउने बारेमा थप स्पष्टता गर्न सुझाव दिएको उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिनुभयो । ज्ञापत्रपत्रमा राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यक्रम विकास केन्द्रलाई गाभेर एउटा निकाय कायम गर्न सुझाव दिइएको छ ।

ऐन प्रारम्भ भएपछि पाँच देखि १० वर्षभित्रमा निजी विद्यालय अनिवार्य रुपमा शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नु आवश्यक रहेको औँल्याउँदै क्रान्तिकारीले निजी गुठीका रुपमा सञ्चालित विद्यालय १० वर्षभित्र सार्वजनिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण