२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सँग एकताको चर्चासमेत नचलेको : माओवादी

२३ असार २०८२, सोमबार १७:३५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) सँग एकताको चर्चासमेत नचलेको स्पष्ट पारेको छ। माओवादीले एमालेलाई पार्टी एकताको प्रस्ताव गरेको समाचार बाहिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माओवादीले त्यस्तो नभएको जनाएको हो।

‘एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन,’ माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा एमालेसँग पार्टी एकता गर्ने नीति र सोच नरहेको पनि उल्लेख छ। ‘समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन,’ त्यहाँ भनिएको छ।

यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भर्खरै एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेर पार्टी एकताको प्रस्ताव गरेको समाचारहरू प्रकाशित भएका थिए। माओवादीले त्यसो नभएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का