२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई सहयोग गरेर पार्टीलाई व्यवस्थित गर्न चाहान्छु : विश्वप्रकाश शर्मा

२३ असार २०८२, सोमबार १८:२२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई थप सहयोग गरेर आफूहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा धारणा राख्ने क्रममा उनले सभापति देउवालाई थप सहयोग गरेर महामन्त्रीहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका हुन् । महामन्त्री शर्माले सभापति देउवाबाट आफूहरूले सहयोग पाउँदै आएको प्रसंग पनि बैठकमा सुनाए ।

‘आदरणीय समापतिज्यूले सबै कुरामा हामीसँग संवाद गर्दैगर्दा, महामन्त्रीहरूसँग बस्दै गर्दा, विभागहरू बनाउँदै गर्दा ‘तयार गर्नुस्, म तयार छु’ जहिले भन्दै आउनुभएको छ,’ उनले भने, ‘यसमा हामी थप सहयोग गरेर सभापतिज्यूको नेतृत्वलाई गर्न चाहन्छौँ । र गरेर व्यवस्थित गर्न चाहन्छौँ ।’

महामन्त्री शर्माले सभापति देउवासमक्ष सह-महामन्त्रीहरूलाई पनि जिम्मेवारी तोकिदिन आग्रह गरे । यद्यपि, सह-महामन्त्रीहरूलाई पार्टीले जिम्मेवारी नदिएको भन्ने विषय भने सत्य नभएको पनि प्रष्ट्याए ।

‘आदरणीय सभापतिज्यूले सल्लाह गरेर सह-महामन्त्रीज्यूहरूलाई पनि जिम्मेवारी तोक्ने कुरामा जाऔँ । यद्यपि, सभापतिज्यू सह-महामन्त्रीज्यूहरूलाई केही जिम्मेवारी नै नदिएको भन्ने कोणबाट पनि बुझिदिनु भएन,’ शर्माले भने ।

उनका अनुसार कुनै सहमहामन्त्रीले भ्रातृ संगठनको महाधिवेशनका लागि गठन गरिएको निर्देशन समिति र कुनै सह-महामन्त्रीले उपनिर्वाचनका बेला प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएको पनि बताए ।

‘कसैले निर्देशन समितिको संयोजकको जिम्मेवारी पाउनुभएको छ । कसैले उपचुनावको बेलामा प्रदेशलाई संयोजन गर्ने जिम्मेवराी पाउनुभएको छ,’ महामन्त्री शर्माले भने, तर, स्थायी रूपमा साथीहरूको के इच्छा हो, त्यसलाई पनि तोकौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का