२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण

२४ असार २०८२, मंगलवार ११:२९

काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको बताएका छन् ।

डा. महतका अनुसार, बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्रीहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीहरू समेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको उनले उल्लेख गरेका छन्।

‘मानवीय क्षतिको आशङ्का र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन’, उनले लेखेका छन्, ‘सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत कार्यलाई उच्चतम् प्राथमिकता दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का