२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गम्भीर नभए सरकारलाई चिकित्सकको लाइसेन्स बुझाउने चेतावनी

२४ असार २०८२, मंगलवार १३:५५

काठमाडौँ | नेपाल चिकित्सक संघले आफ्ना मागमा सरकार गम्भीर नभए सरकारलाई चिकित्सकको लाइसेन्स बुझाउने चेतावनी दिएको छ । राज्यले अझै मागको सुनुवाइ नगरे सम्बन्धित निकायमा चिकित्सकको लाइसेन्स बुझाउने संघको धम्की छ ।

राज्यले स्वास्थ्य क्षेत्रलाई सेवा नभइ उद्योग बनाउन खोजेको संघको आरोप छ । संघले मंगलबार आकस्मिकबाहेकका उपचार सेवा बन्द गरेर प्रदर्शन गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २ मा विभिन्न सेवाहरूको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा त्यसलाई संशोधन गर्नुपर्ने संघको माग छ ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द हुँदा विरामीलाई समस्या भएको छ । माइतिघर मण्डलमा प्रदर्शनमा उत्रिएका चिकित्सकले नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा निर्दिष्ट प्रावधानअनुसार नेपालमा चिकित्सकीय अभ्यासलाई नियमन गर्ने स्पष्ट क्षेत्राधिकार काउन्सिलको रहेको उल्लेख गरेका छन् । संघका अध्यक्ष डा. अनील विक्रम कार्कीले काउन्सिलको क्षेत्राधिकारको विषयमा अदालतले हस्तक्षेप गर्दा चिकित्सकहरू काममा फर्कने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का