२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गम्भीर नभए सरकारलाई चिकित्सकको लाइसेन्स बुझाउने चेतावनी

२०८२, २४ असार मंगलवार १३:५५

काठमाडौँ | नेपाल चिकित्सक संघले आफ्ना मागमा सरकार गम्भीर नभए सरकारलाई चिकित्सकको लाइसेन्स बुझाउने चेतावनी दिएको छ । राज्यले अझै मागको सुनुवाइ नगरे सम्बन्धित निकायमा चिकित्सकको लाइसेन्स बुझाउने संघको धम्की छ ।

राज्यले स्वास्थ्य क्षेत्रलाई सेवा नभइ उद्योग बनाउन खोजेको संघको आरोप छ । संघले मंगलबार आकस्मिकबाहेकका उपचार सेवा बन्द गरेर प्रदर्शन गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २ मा विभिन्न सेवाहरूको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा त्यसलाई संशोधन गर्नुपर्ने संघको माग छ ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द हुँदा विरामीलाई समस्या भएको छ । माइतिघर मण्डलमा प्रदर्शनमा उत्रिएका चिकित्सकले नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा निर्दिष्ट प्रावधानअनुसार नेपालमा चिकित्सकीय अभ्यासलाई नियमन गर्ने स्पष्ट क्षेत्राधिकार काउन्सिलको रहेको उल्लेख गरेका छन् । संघका अध्यक्ष डा. अनील विक्रम कार्कीले काउन्सिलको क्षेत्राधिकारको विषयमा अदालतले हस्तक्षेप गर्दा चिकित्सकहरू काममा फर्कने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण