२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने: खेलकूदमन्त्री तेजुलाल चौधरी

२४ असार २०८२, मंगलवार १५:४५
काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित मापदण्डका आधारमा गरिने भएकाले आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले निश्चित मापदण्डका आधारमा सक्षम र योग्य व्यक्तिलाई खेलाडी प्रशिक्षकमा नियुक्त गरिने गरिएको बताउनुभयो ।
कर्णाली प्रदेशमा पूर्वाधार निर्माण सम्पन्न नभएकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसकिएको दोहो¥याउनुभयो । भौतिक पूर्वाधार निर्माणलाई गति दिएर आगामी आर्थिक वर्षमा सो प्रतियोगिता सम्पन्न गरिने र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उल्लेख गर्नुभयो । सरकारले ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ खेलकुद गतिविधि अगाडि बढाइरहेको उहाँको कथन छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार हाल ६६० जना विभिन्न खेलका प्रशिक्षकको दरबन्दी भए पनि ५० प्रतिशत मात्रै कार्यरत रहेको उहाँले बताउनुभयो । विद्यालयमा उपयुक्त खेलमैदान स्थापना गरेर खेलजन्य गतिविधि अगाडि बढाउन सरकारले आवश्यक काम गरिरहेको मन्त्री चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का