२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड

२४ असार २०८२, मंगलवार १६:०५
काठमाडौँ । सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयोे । आज राष्ट्रियससभाको बैठकमा उहाँले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताउनुभयो ।
“वर्षाको समयमा सडक निर्माण गर्दा दुर्घटना बढ्ने र गुणस्तरहीन पूर्वाधार निर्माण हुने भएकाले मनसुन सुरु भएपछि हतार हुने निर्माण कार्य रोकिनुपर्छ,” सांसद पुडासैनीले भन्नुभयो । उहाँले रसुवामा आज बिहान ३ बजे आएको बाढीबाट घाइतेहरूको तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।
मुलुकमा आत्मनिर्भरता बढाउनुपर्ने, रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने उहाँको भनाइ छ ।
सांसद गङ्गाकुमारी बेल्बासेले पनि रसुवामा आएको बाढीले घाइते भएकाको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।  उहाँले प्रदेश सरकारले आर्थिक रूपमा सबल हुन ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
सांसद तुलसाकुमारी दाहालले संविधानमा उल्लेख गरिएका मौलिक हक कार्यान्वयनका लागि बनेका ऐनहरूको नियमावली नबन्दा कार्यान्वयनमा कठिनाइ आएकाले यस विषयमा तत्काल छलफल आवश्यक रहेको बताउनुभयो । “आवासको हक कार्यान्वयनका लागि विधेयकको मस्यौदा तयार भएको छ । अब समयमा नै स्वीकृत गरेर कार्यान्वयनमा जानुपर्छ,” दाहालले भन्नुभयो, “जनस्वास्थ्यसँग सम्बन्धित ऐनहरूलाई संविधान अनुकूल बनाउने प्रक्रिया अघि बढाउन आवश्यक छ ।”
सांसद दाहालले मुलुकमा काठजन्य वस्तुको आयात भइरहेकाले अब काठमा आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापन, पूर्वाधारको दीर्घकालीन योजना, शिक्षा तथा रोजगारीमा ध्यान दिनु मुलुकको दीर्घकालीन हितमा हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का