२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने

२४ असार २०८२, मंगलवार १७:४९

काठमाडौँ | आगामी बिहीबार (असार २६ गते) प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्र पठाउँदै बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको हो ।

उपकुलपति केसीले बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको बताए । सिनेटमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने उनको भनाइ छ । सिनेटका लागि शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति रघुजी पन्तलाई समेत बोलाइएको छ । असार २२ गते बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्रिविको आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम र ९० हजार विद्यार्थीलाई ग्रेजुएट पारित गर्ने बोलाइएको सिनेट ओलीको निर्देशनमा रोकिएको थियो ।

असार २० गतेका लागि बोलाउने तयारी भएको सिनेट प्रधानमन्त्रीको निर्देशनमा असार २२ गतेका लागि बोलाइएको थियो । २२ गतेको बैठक समेत अन्तिम समयमा आएर स्थगित भएको थियो । असार २२ गतेको बैठक स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए । प्रधानमन्त्री ओलीले त्रिविसहित अन्य विश्वविद्यालयको समेत सिनेट बालुवाटारमै बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का