२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले माओवादी नै मुख्य शक्ति भएको : प्रचण्ड

२५ असार २०८२, बुधबार १२:०१

काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा आफ्नो पार्टीलाई ‘संस्थापन’ पक्षको रूपमा दाबी गरेका छन्। उनले उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले माओवादी नै मुख्य शक्ति भएको बताएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै प्रचण्डले संख्यात्मक रूपमा सदनमा तेस्रो स्थानमा रहे पनि वैचारिक, ऐतिहासिक र राजनीतिक भूमिकाका आधारमा माओवादी नै वास्तविक संस्थापन भएको तर्क गरेका हुन्। कानुनी र संख्यात्मक हिसाबले माओवादी केन्द्र तेस्रो भए पनि यसलाई माओवादीको वास्तविक राजनीतिक हैसियत मान्न नहुने बताए। आफूहरूले ल्याएको परिवर्तन नै अहिलेको राजनीतिको मूल आधार भएको समेत दाबी गरे।

उनले भने, ‘अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ। तर, आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष मा‌ओवादी नै हो।’प्रचण्डले आफ्नो यो दाबीलाई थप प्रस्ट्याउँदै अन्य शक्तिहरूलाई ‘प्रतिपक्ष’ का रूपमा चित्रण गरेका छन्। उनका अनुसार माओवादीले नेतृत्व गरेको आन्दोलनबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी संविधान नै आजको राजनीतिको मूल जग हो। यस जगको रक्षा गर्ने, यसलाई थप सुदृढ गर्ने र यसका उपलब्धीहरूलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै हो।

उनले अगाडि लेखेका छन्, ‘जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन्। यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो।’अध्यक्ष प्रचण्डले आफूहरूलाई वर्तमान राजनीतिक प्रणालीको आधिकारिक निर्माता र संरक्षकको रूपमा प्रस्तुत गर्दै अन्य दलहरूलाई यस परिवर्तनलाई आत्मसात गर्न नसकेको वा यसको मर्मभन्दा बाहिर रहेको शक्तिका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का