२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भानुभक्त मातृभाषालाई माया गर्ने साझा कविः राष्ट्रपति

२०८२, २९ असार आईतवार १५:५२

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषा मात्रै नभई मातृभाषालाई माया गर्ने साझा कवि भएको बताउनुभएको छ ।

आज २१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानले शीतल निवासमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपतिले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैँचाका रूपमा सिँगार्न सक्नुपर्नेमा जोड दिनुभयो ।

भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्बित गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नुपर्छ, त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सकिन्छ ।” उहाँले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपाली र नेपाललाई बुझ्न चाहने विश्वका मानिसले जीवनमा कम्तीमा एकपटक भ्रमण गर्नैपर्ने ठाउँका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । यसबाट उक्त स्थानको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सातवटै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिविम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भानुभक्तको युगमा नेपाली राष्ट्रियताको जग बस्दै गरेको र राष्ट्रनिर्माणको अभियानमा नेपाली योद्धाहरू पूर्वमा टिस्टा नदीसम्म र पश्चिममा काँगडासम्म पुगेको बताउनुभयो । तत्कालीन समयमा राज्यको नीति लोककल्याणतर्फ उन्मुख नभएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले जस्तो सञ्चार र सूचनाको प्रभावकारी माध्यम नभएका समयमा रामायणले नेपाली भाषीबीचमा एकता कायम गर्न ठूलो योगदान गरेको र उक्त योगदान आदिकविको भएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले सबै भाषाभाषीका अग्रजहरुलाई समेट्ने गरी तनहुँमा अघि बढाइएको उद्यानजस्तै प्रज्ञा–प्रतिष्ठानभित्र त्यसप्रकारको अवधारणामा काम सुरु गर्ने लक्ष्य लिइएको बताउनुभयो । त्यसका लागि स्रोत व्यवस्थापनको काम गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले आदिकविले लोकको हित गरुँ भनी गर्नुभएको रचना अहिलेको लोककल्याणकारी राज्यको आदर्शसँग मिल्दोजुल्दो रहेको बताउनुभयो । त्यस अवसरमा डा नवराज लम्साल र धीरेन्द्र प्रेमर्षिलगायत १० जना कविहरुले भानुभक्त आचार्य र रामायाणसँग सम्बन्धित विषयमा कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण