१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भानुभक्त मातृभाषालाई माया गर्ने साझा कविः राष्ट्रपति

२९ असार २०८२, आईतवार १५:५२

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषा मात्रै नभई मातृभाषालाई माया गर्ने साझा कवि भएको बताउनुभएको छ ।

आज २१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानले शीतल निवासमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपतिले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैँचाका रूपमा सिँगार्न सक्नुपर्नेमा जोड दिनुभयो ।

भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्बित गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नुपर्छ, त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सकिन्छ ।” उहाँले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपाली र नेपाललाई बुझ्न चाहने विश्वका मानिसले जीवनमा कम्तीमा एकपटक भ्रमण गर्नैपर्ने ठाउँका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । यसबाट उक्त स्थानको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सातवटै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिविम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भानुभक्तको युगमा नेपाली राष्ट्रियताको जग बस्दै गरेको र राष्ट्रनिर्माणको अभियानमा नेपाली योद्धाहरू पूर्वमा टिस्टा नदीसम्म र पश्चिममा काँगडासम्म पुगेको बताउनुभयो । तत्कालीन समयमा राज्यको नीति लोककल्याणतर्फ उन्मुख नभएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले जस्तो सञ्चार र सूचनाको प्रभावकारी माध्यम नभएका समयमा रामायणले नेपाली भाषीबीचमा एकता कायम गर्न ठूलो योगदान गरेको र उक्त योगदान आदिकविको भएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले सबै भाषाभाषीका अग्रजहरुलाई समेट्ने गरी तनहुँमा अघि बढाइएको उद्यानजस्तै प्रज्ञा–प्रतिष्ठानभित्र त्यसप्रकारको अवधारणामा काम सुरु गर्ने लक्ष्य लिइएको बताउनुभयो । त्यसका लागि स्रोत व्यवस्थापनको काम गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले आदिकविले लोकको हित गरुँ भनी गर्नुभएको रचना अहिलेको लोककल्याणकारी राज्यको आदर्शसँग मिल्दोजुल्दो रहेको बताउनुभयो । त्यस अवसरमा डा नवराज लम्साल र धीरेन्द्र प्रेमर्षिलगायत १० जना कविहरुले भानुभक्त आचार्य र रामायाणसँग सम्बन्धित विषयमा कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का